२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मैना सुनुवारको विषयमा तयार पारिएको वृत्तचित्र अमेरिकामा प्रर्दशन हुँदै

मैना सुनुवारको विषयमा तयार पारिएको वृत्तचित्र अमेरिकामा प्रर्दशन हुँदै

सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ वर्षीया किशोरी मैना सुनुवारको विषयमा तयार परिएको वृत्तचित्र(डकुमेन्ट्री) संयुक्त राज्य अमेरिकाको  NYC अस्पताल/एल्महर्स्ट, 79-01 ब्रॉडवे, क्वीन्स NY 11373 मा स्थानिय समय अनुसार बेलुका ५:00-८:३0 बजे प्रर्दशन हुदैछ। उक्त वृत्तचित्रलाई हेरि सहयोग हेरिदिनुहुन अनुरोध समेत गरिएको छ।

नेपालको गृहयुद्धबाट पीडित महिलालाई सहयोग गर्ने संस्थालाई सहयोग जुटाउन मैना सुनुवारकी आमा देवी अहिले अमेरिकामा छिन्। उक्त वृत्तचित्र अमेरिकी नागरिक जुली ब्रिडघमले तयार पारेकीहुन्।