१ असार २०८२, आइतवार
15 June 2025, Sunday

प्रशिक्षक देसाई र कप्तान पौडेल भन्छन्- विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट छौं

प्रशिक्षक देसाई र कप्तान पौडेल भन्छन्- विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट छौं

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसीसी टी-२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन्।

बुधबार वेस्ट इन्डिज ‘ए’सँगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फ्ररेन्समा पौडेलले सबै खेलाडीहरूको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन्।

अहिले खेलिरहेका सबै खेलाडीहरू फिट रहेपछि विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको उनले बताए। उनले विश्वकप खेल्ने नेपाली टिम मजबुद रहेको जिकिर गरे। पौडेलले दुई खेलपछि आफू आरामका लागि तेस्रो खेल नखेलेको बताए।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए। उनले नेपाली टीमको तयारीप्रति पूर्णरूपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हानसक्ने अवस्थामा टीम रहेको जिकिर गरे।