सुनको मूल्य तोलामा २ हजार बढ्यो, पुग्यो एक लाख ३६ हजार पाँच सय
- २० बैशाख २०८१
- १ मिनेटको पढाई
काठमाडौं : आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ।
यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आज भने एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ। बुधबार प्रतितोला एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ निर्धारण भएको छ।