२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सुनको मूल्य तोलामा एघार सयले घट्यो

सुनको मूल्य तोलामा एघार सयले घट्यो

काठमाडौं : आज नेपालको स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार एक सयले घटेको छ। बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएको थियो भने आज एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। चाँदी प्रति तोलामा १ हजार ६ सय ४५ मा कारोबार भइरहेको छ