अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो, आशिफ र अनिलको अर्धशतक
- २२ बैशाख २०८१
- १ मिनेटको पढाई
काठमाडौं : अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ। कुशल मल्लले आक्रामक ब्याटिङ गरेपछि वेस्ट इन्डिज एले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल अगावै पूरा गर्यो। मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। उनले १९औं भरमा लगातार बाउन्ड्री प्रहार गरेका थिए।
नेपाललाई जित दिलाउन अनिल साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। अनिलले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे भने आसिफले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै ओपनर कुशल भुर्तेलले १३ रन बनाएर पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले ५ रन बनाए आउछ भए। रौहित पौडेल क्रिज आए पनि एक बल पनि खेल्न पाएनन्।
यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। वेस्ट इन्डिज एका लागि कप्तान रोस्टन चेजले ३३ रन,जोनसन चार्ल्सले २४ रन, म्याथ्यु फर्डले २३ रन, कडिम अलेइन र मार्क डेयालले ११र११ रन, फाबिएन एलेनले ३ रन र गुडाकेश मोतीले १ रनको योगदान गरे।
उपकप्तान एलिक अथान्जेले सर्वाधिक ४२ रन र हेडन वाल्सले ७ रन बनाएर अविजित रहे। नेपालका लागि सागर ढकाल र सोमपाल कामीले ३र३ विकेट र अविनाश बोहोराले १ विकेट लिए।
वेस्ट इन्डिज एले यसअघि नै नेपालविरुद्धको सिरिज आफ्नो पक्षमा पारेको थियो। पहिलो खेल पराजित भएको वेस्ट इन्डिज एले लगातार तीन खेल जितेर सिरिज जितेको थियो।