रिभेल इभेन्ट्सले क्यान्सरपीडितको सहयोगको लागि न्यूयाेर्कमा कन्सर्ट गर्दै
- २३ बैशाख २०८१
- १ मिनेटको पढाई
न्यूयाेर्क : रिभेल इभेन्ट्सले क्यान्सरपीडित र शिक्षामा सहयोगको लागि कन्सर्ट गर्ने भएको छ। उक्त संगीतिक कार्यक्रमबाट संकलित रकम क्यान्सर रोगीहरुको सहयोमा प्रयोग गरिने साथै निश्चित अंश सिन्धु-अमेरिका कल्याण शिक्षा कोषमा जम्मा हुने आयोजकले बताएका छन्।
रिभेल इभेन्ट्सको अध्यक्ष राजेश हमाल रहने भएका छन्। कन्सर्टमा गायकहरु सन्जोक योञ्जन, मिस्ताह के नेप्सीडाज, हरि कर्माचार्यको प्रस्तुति रहने छ।
उक्त सांगीतिक कार्यक्रम शनिबार मे ११, २०२४ को दिन राती साढे ८ मा केटीएम् बार एण्ड लाउन्जमा हुनेछ।
कन्सर्टको टिकट मूल्य ५० डलर निर्धारण गरिएको छ। टिकट नमस्ते वायरलेस (347) 806-1533 (4014 74th St. Elmhust NY 11373), केटीएम बार र लाउन्जमा उपलब्ध छ।