६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

ब्राजिलमा बाढीको कहरः ५५ जनाको मृत्यु, ७४ बेपत्ता

ब्राजिलमा बाढीको कहरः ५५ जनाको मृत्यु, ७४ बेपत्ता

ब्राजिलको दक्षिणी क्षेत्रमा बाढीको कारण हालसम्म कम्तिमा ५५ जनाको मृत्यु भएको छ । उक्त प्रकोपमा परी ७४ जना बेपत्ता भएका छन् ।

शनिबार आएको तुफानपछि २५ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएको स्थानीय सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उक्त क्षेत्रमा थप पानी पर्ने अनुमान गरिएको पनि बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

यो प्रकोपमा परेका करिब ५ लाख मानिसहरूले पानी र बिजुलीको अभावमा गुजारा गर्न बाध्य भएका छन् । बाढीका कारण करिब २५० शहर प्रभावित भएका छन् । हावाहुरीका कारण केही सडक पनि भत्किएका छन् ।

त्यस्तै एक बाँध फुट्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले अर्को बाँध पनि फुट्ने जोखिम रहेको जनाएको छ । त्यस्तै पोर्टो एलेग्रेमा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ ।

– एजेन्सी