२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

आईपीएलमा हैदराबादविरुद्ध मुम्बईको सहज जित

आईपीएलमा हैदराबादविरुद्ध मुम्बईको सहज जित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै पराजित गरेको छ। सोमबार राति भएको खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो। १७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्‍यो । सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे ।

तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए । हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् । मुम्बईका हार्दिक पन्ड्या र पियुस चावलाले तीन/तीन, अंशुल कम्बोज र जस्पृत बुम्राहले एक/एक विकेट लिए ।

यो जितसँगै मुम्बई ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित भएको हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ ।