टी–२० विश्वकप आइतबारदेखि शुरूः पहिलो खेल आयोजक अमेरिका र क्यानडाबीच हुँदै
- १९ जेष्ठ २०८१
- १ मिनेटको पढाई
आईसीसी टी–२० विश्वकप क्रिकेट नेपाली समयअनुसार आइतबार शुरू हुँदैछ । पश्चिमा पात्रोअनुसार जुन १ मा हुने उद्घाटन खेल नेपालमा भने आइतबार बिहानको सवा ६ बजे शुरू हुनेछ ।
उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’को यो खेल डल्लासको ग्रान्ड प्रेरी रंगशालामा हुनेछ ।
अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन गइरहेको प्रतियोगिता पश्चिमा समयअनुसार जुलाई १ मा सकिँदैछ ।
प्रतियोगितामा २० टोली सहभागी हुँदैछन् । आइतबार साँझ नै सवा ८ बजे सहआयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा रहेको नेपालले भने पहिलो खेलमा जुन ४ (नेपाली समयअनुसार ५)मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेशजस्ता टेस्ट राष्ट्र पनि छन् ।