२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

‘हामी नेपाली ग्लोबल’द्वारा कार्यकारी समितिका लागि नेतृत्व चयन

‘हामी नेपाली ग्लोबल’द्वारा कार्यकारी समितिका लागि नेतृत्व चयन

न्युयोर्क: विश्वमा रहेका सम्पूर्ण नेपलाीको साझा संस्थाको रुपमा परिचित ‘हामी नेपाली ग्लोबल’ले (अमेरिकामा उप-अध्याय कनेक्टिकट) कार्यकारी समितिका लागि नेतृत्वहरु चयन गरेको छ। “राजनीति, धर्म, जाति वा वर्गबाट स्वतन्त्र संगठन” को रुपमा स्थापित यो संस्थाले २०२४ देखि २०२७ सम्मका लागि नेतृत्व चयन गरेको हो।

जसमा अध्यक्षमा डा जीत भण्डारी चयन भएका छन्। त्यस्तै अपाध्यक्षमा डा. मुनाल कँडेल र रोमा पन्त ढकाललाई चयन गरिएको छ।

महासचिवमा मधु शर्मा, सचिवमा स्वदेश कक्षपति र कोषाध्यक्षमा नारायण भण्डारी छनोट भएका छन्। त्यस्तै सविन बस्नेत सह कोषाध्यक्षमा चयन भएका छन्।

सन् २०२४ देखि २०२७सम्मका लागि कार्यकारी निर्देशक बोर्डमा मोती भट्टारी, भुपेन्द्र कँडेल, राजीव श्रेष्ठ, शिव प्रसाद न्यौपाने, सुधीर श्रेष्ठ, दिलीप प्रताप राणा, देपेन्द्र नेमकुल, अञ्जना खरेल,
राजन श्रेष्ठ, नविन अधिकारी रहेका छन्।

मुना तिवारी काउन्सिलर अफ कनेक्टिकटका रुपमा हामी नेपाली ग्लोबलमा चयन भएकी छन्। त्यस्तै मानसिक स्वास्थ्य र कल्याण परामर्श निर्देशकको रुपमा नैना राणा रहेकी छन्।