काठमाडौं : टप शप-काठमाडौंको सहयोगमा दिल कुमारी स्मृति फाउन्डेसन मार्फत विद्यालयको लागि खेलकुद सामग्री वितरण गरिएको छ। काठमाडौंको मण्डली स्कुलका लागि खेलकुदका सामग्री वितरण गरिएको फाउन्डेसनका सदस्यले जनाएका छन्।
जेठ २१ गते सोमबार अर्थात आज एक कार्यक्रमको आयोजना गरि फाउन्डेसनका अध्यक्ष उषा कार्कीमार्फत मण्डली स्कूलको प्रतिनिधिका रुपमा आएका संगम अधिकारीलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो। अधिकारी मार्फत विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री हस्तानान्तरण गर्ने जनाइएको छ।
विद्यालयका विद्यार्थीहरुका लागि ५ थान भलिबल, १२ थान जर्सी र १ सेट नेट जाली प्रदान गरिएको फाउन्डेसनकी सदस्य सुजाता कार्कीले जानकारी दिइन्। सामग्री हस्तान्तरण कार्यका लागि फाउन्डेसनका सदस्यहरु लक्ष्मी अधिकारी , भरत केसी, हरिसिंह केसी , नकुल अधिकारी, लगायतकाे उपस्थिति रहेको थियो।
विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्न पाउँदा फाउन्डेसनलाई उत्साह थपिएको महसुस भएको सदस्यहरुले बताएका छन्।
दिलकुमारी केसी फाउन्डेसनका एक सदस्य हरिसंह केसीले यो संस्था आमाको नाममा आफन्तहरु मिलेर बनाएको उल्लेख गरे। उनले आमाको स्मृतिमा पहिला पनि उक्त विद्यालयमा कम्प्युटर लगायतका सामग्रीवितरण गरिएको सम्झिए। आगामी दिनमा अझै सामग्री दिन प्रोत्साहन प्राप्त भएको उनको भनाइ थियो।
फाउन्डेसनद्वारा यसअघि पनि विद्यालयलाई १२ कम्पूटर, १ प्रोजेकटर, १ प्रिन्टर पनि वितरण गरिएको थियो।
फाउन्डेसनबाट बालबालिका तथा युवाहरुको मानसिक , शाररिक तथा बौद्धिक विकासमा खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्ने पक्षलाई मध्यनजर गर्दै विश्व वातावरण दिवसको अवसर पारेर यहि मिति २०८१ जेष्ठ १५ गते धादिङ फुलखर्क गंगाजमुना ५ मा अवस्थित मण्डली माध्यमिक टेक्निकल विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको थियो।
उक्त समय पाँच थान मिस्काको भलिबल र केल्मीको जर्सी (पोषाक) लगायत जाली (नेट) एकथान, टिम म्यानेजर (टोली प्रबन्धक), कोच(प्रशिक्षक) र ८ जना खेलाडीलाई गरि जम्मा ११ वटा जर्सी (पोषाक) वितरण गरिएको थियो।
सामाखुशी स्थित टप शप काठमाडौंका प्रबन्ध निर्देशक हाल संयुक्त राज्य अमेरिका न्यूयोर्क निवासी लकेश श्रेष्ठ र संयुक्त राज्य अमेरिका न्यूयोर्कमा अवस्थित दिल कुमारी स्मृति फाउन्डेसनका अध्यक्ष हाल न्यूयोर्क निवासी समाजसेवी नवराज केसी र नारायण केसीकाे पहलमा उक्त सामग्री वितरण गिरएकाे हाे।
टप शप – काठमाडौंको सहयोगमा दिल कुमारी स्मृति फाउन्डेसन मार्फत विद्यालयलाई खेलकुद सामग्री वितरण गरिँदै