२ असार २०८२, सोमवार
16 June 2025, Monday

भारतीय वायुसेनाको विमान खेतमा खस्यो

भारतीय वायुसेनाको विमान खेतमा खस्यो

भारतीय वायुसेनाको सुखोई लडाकु विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ। दुर्घटना महाराष्ट्रको नासिकमा भएको हो।

नासिक रेन्जका विशेष महानिरीक्षक डीआर करालेले सुखोई एसयू–३० एमकेआई विमानका पाइलट र को–पाइलट सकुशल निस्किएको बताए।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान शिरसगाउँनजिकैको खेतमा दुर्घटना भएको हो।

उक्त विमानलाई विङ कमान्डर बोकिल र उनका सेकेन्ड इन कमान्ड विश्वासले उडाएको अधिकारीले बताए। अर्का प्रहरी अधिकारीले दुवै पाइलट सकुशल बाहिर निस्किएको र सामान्य चोटपटक लागेको बताए।

उनीहरूलाई एचएएल अस्पतालमा भर्ना गरिएको छ।

उनका अनुसार दुर्घटनापछि विमानमा आगो लागेको थियो, जसलाई निभाइएको छ।

भारतीय वायुसेना, एचएएल सुरक्षा र एचएएल प्राविधिक एकाइका टोलीले घटनास्थलको अवलोकन गरेका थिए।