अमेरिका–मेक्सिको सीमामा कडाइ, अवैध आप्रवासीलाई शरण नदिइने
- २३ जेष्ठ २०८१
- १ मिनेटको पढाई
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफ्नो कार्यकारी अधिकारअनुसार अमेरिका–मेक्सिको सीमाबाट अवैध रूपमा अमेरिका छिरेका आप्रवासीलाई शरण लिने व्यवस्था तत्काल लागु हुने गरी रोक लगाएको छ ।
चुनावको मुखमा राष्ट्रपति प्रशासनले चाल्न लागेको यो महत्त्वपूर्ण कदम हो । यसअघि डोनाल्ड ट्रम्पको प्रशासनले पनि यही नीति अख्तियार गरिएको थियो । ह्वाइट हाउसले मंगलबार मध्यरातिबाट सो कदम प्रभावकारी रूपमा लागु हुने जनाएको छ ।
सीमा अधिकारीहरुका अनुसार गएको सोमबार मात्रै गैरकानुनी रूपमा तीन हजार ५०० आप्रवासी सीमाबाट छिरेका थिए । सो सीमा क्षेत्रबाट दैनिक करिब चार हजार आप्रवासी छिर्ने गरेको होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुले जनाएका छन् ।
सरकारको आदेशका बारेमा राष्ट्रपति बाइडेनले केही सीमावर्ती क्षेत्रका मेयरहरूसँग पनि कुरा गरेका थिए । उनले पछिल्लो कदमले आफ्नो सीमा नियन्त्रणमा लिन मद्दत गर्ने समेत बताएका थिए । सीएनएन र बीबीसीको सहयोगमा