भारतमा मोदीले शनिबार प्रधानमन्त्रीको शपथ लिने
- २३ जेष्ठ २०८१
- १ मिनेटको पढाई
नयाँ दिल्ली -भारतको लोकसभा निर्वाचनमा सबैभन्दा बढी सीट जितेको भारतीय जनता पार्टीले आगामी सरकार बनाउन गृहकार्य थालेको छ ।
राजधानी नयाँ दिल्लीमा बुधबार साँझ सत्ता गठबन्धन एनडीएको महत्वपूर्ण बैठक बस्दैछ । बैठकमा भाजपा र एनडीएका सबै शीर्ष नेताहरू सहभागि हुँदैछन् । बैठकमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल हुनेछ ।
बिहारका मुख्यमन्त्री जनता दल युनाइटेड (जेडीयु)का अध्यक्ष नीतीश कुमार, तेलगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडु पनि बैठकमा सहभागि हुनेछन् । यस्तै बुधबार साँझ इन्डिया गठबन्धनको पनि बैठक बस्दैछ ।
भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार मोदीले शनिबार नयाँ प्रधानमन्त्रीको सपथ लिनेछन् । तर सपथ अघि उनले शनिबार नै एनडीएका निर्वाचित सांसदहरूसँग छलफल गर्ने तय भएको छ ।