‘धादिङ नेपाली समाज अमेरिका’को सल्लाहकारमा ८ जना चयन
- २३ जेष्ठ २०८१
- १ मिनेटको पढाई
काठमाडौं : ‘धादिङ नेपाली समाज अमेरिका’को सल्लाहकारमा ८ जना चयन भएका छन्। गत महिना बसेको तेस्रो अधिवेशनको निर्वाचन समितिले ८ जना चयन गरेका महासचिव राम मल्ल ठकुरीले बताए।
महासचिव ठकुरीका अनुसार सल्लाहकारमा निवर्तमान अध्यक्ष धादिङ त्रिपुरासुन्दरीका रामेश्वर बुर्लाकोटी, पूर्व अध्यक्ष तथा एनआरएनए अमेरिकाको सह-कोषाध्यक्ष त्रिपुरासुन्दरीकै दिवाकर पान्डे, गंगाजमुनाका कुमार घले , बेनीघाट रोराङका बिकास कंडेल, अन्तराष्ट्रिय धादिङ समाजको सल्लाहकारसमेत रहेका गंगाजमुनाका नबराज के. सी. , त्रिपुरासुन्दरीका हरिराम बुर्लाकोटी , धुनीबेसीका सहदेव खडका र कानूनी सल्लाहकारमा थाक्रेका रस्मी भट्ट रहेका छन् ।
समाजको गत महिना सम्पन्न अधिवेशनबाट त्रिपुरासुन्दरीका टकबहादुर रुवाली अध्यक्ष पदमा चुनिएका थिए। वरिष्ठ उपाध्यक्षमा गंगाजमुनाका हिमाल (सागर) अधिकारी चयन भएका थिए। संस्थाको उपाध्यक्षमा गणेश लम्साल, महासचिवमा राम मल्ल ठकुरी चुनिएका छन्। त्यस्तै सचिव पदका लागि निरज अमात्य मनोनित भएका छन् भने। कोषाध्यक्षमा बलराम श्रेष्ठ र सह-कोषध्यक्षमा हरी गिरी चुनिएका छन्।
धादिङको सामाजिक क्षेत्रमा योगदान गर्दै आईरहेको अन्तराष्ट्रिय धादिङ समाजको आजीवन सदस्यता ९१ जनाको रहेको छ। त्यस्तै साधारण सदस्य ३९५ जना रहेका छन्। त्यस्तै अमेरिकामा ३ हजारको हाराहारीमा धादिङ्गेहरु रहेको संस्थाका महासाचिव ठकुरी बताउँछन्।