न्यूयोर्कमा सैनिक सल्लाहकार रहेका महासेनानी मल्ल सैनिक प्रहरीको नियन्त्रणमा
- २४ जेष्ठ २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क- नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक प्रहरीले हिरासतमा लिएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले सैनिक हिरासतमा राखेको हो ।
चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई गत आइतबार सैनिक हिरासतमा राखिएको सैनिक स्रोतले जानकारी दियो ।
प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक हिरासतमा राखिएको छ । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि फिर्ता बोलाएर अनुसन्धान सुरु गरिएको सेनाका एक उपरथीले बताए ।
मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् । उनी प्रक्राउ परेको बारे सेनाले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।