२ असार २०८२, सोमवार
16 June 2025, Monday

आईएलसीमा सहभागी हुन श्रममन्त्री जेनेभा प्रस्थान

आईएलसीमा सहभागी हुन श्रममन्त्री जेनेभा प्रस्थान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल जेनेभामा जारी अन्तर्राष्ट्रिय  श्रम संगठन (आईएलओ) को ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभातर्फ प्रस्थान गरेका छन् ।

मन्त्री अर्यालले १२ जुनमा आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्नेछन् । ११ जुनमा मलेसियाका मानव संसाधनमन्त्री र कतारका श्रममन्त्रीसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । त्यस्तै, १४ जूनमा कोरियाका रोजगार तथा श्रममन्त्रीसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् ।

सम्मेलनमा आईएलओका १८७ सदस्य राष्ट्रका प्रतिनिधिले सहभागिता जनाएका छन् । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउनेछन् । नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले पनि सम्मेलनमा सहभागिता जनाउनेछन् । ३ जूनमा सुरु भएको सम्मेलन १४ जूनमा सकिनेछ ।