१ असार २०८२, आइतवार
15 June 2025, Sunday

अमेरिकामा ल्यारिङ्गल क्यान्सरसँग जुद्धै मधु रोक्का, सहयोगको याचना

अमेरिकामा ल्यारिङ्गल क्यान्सरसँग जुद्धै मधु रोक्का, सहयोगको याचना

न्यूयोर्क: मधु रोक्का ल्यारिङ्गल(स्वरयन्त्र) क्यान्सरसँग जुधिरहेका एक बिरामी हुन्। अमेरिकामा गर्मीको समयमा छोरीको घर घुम्न गएका उनलाई त्यही क्यान्सर भएको थाहा भयो।

अमेरिकामा उनकी छोरी रविना बस्छिन्। रविना दुई बच्चीकी आमा र गृहणी हुन्। उनका छोरीहरु ३ वर्ष र ५ हप्ताका मात्र छन्। उनले आफ्नो हालको आर्थिक अवस्थाले बुवाको उपचारमा लाग्ने खर्च धान्न नसक्ने बताउँदै बुवाको लागि यो सहयोग याचना गरेकी हुन्।

‘बुवालाई अमेरिका आएपछि क्यान्सर लागेको थाहा हुनुले हामीलाई भावनात्मक रुपमा ठूलो चोट पुगेको छ। उहाँ यस गर्मीमा हामीसँग केही समय बिताउन नेपालबाट अमेरिका आउनुभयो, तर भाग्यले उहाँको लागि अर्कै योजना बनाएको रहेछ।’, उनले भनिन्, ‘ बुवालाई बचाउन मे १६, २०२४ मा टोटल ल्यारिन्जेक्टोमी शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उहाँको स्वास्थ्यमा थप चुनौती थपियो। उहाँ पोस्ट-अपरेटिभ संक्रमणसँग लड्दै हुनुहुन्छ। फेरि अर्को शल्यक्रिया गर्नुपर्नेछ। मेरो बुबालाई रिकभरी गर्न लामो समय लाग्ने चिकित्सकहरुले बताएका छन्।’

क्यान्सरको उपचारमा पहिला लागेको लागतले नै बुवामा थप मानसिक असर परेको उनले बताइन्। बुवाले आफ्नो बचलको पैसाले अहिलेसम्मको उपचार धाने पनि अब भने परिवारको क्षमताभन्दा माथि खर्च भएको रोक्काकी छोरी रविनाले बताइन्। बुवाको उपचारमा लाग्ने खर्च आफूहरुको सीमाभन्दा बढी भएको भन्दै सबैलाई बुवालाई बचाइदिन सहयोगको अनुरोध गरेकी छन्।

उनले भनिन्, ‘म तपाईहरु सबैलाई सकेसम्म दान गर्न र मेरो बुबालाई क्यान्सरसँग लड्न मद्दत गर्न अनुरोध गर्दछु । क्यान्सर उपचारको यो लामो प्रक्रिया पूरा गर्न सबै सहयोगीहरुको स-सानो पैसाको अर्थ ठूलो हुनेछ। ‘

सहयोग गर्न यहाँ जानुहोस्