२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

न्यूयाेर्क- पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ।

मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान  सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ। विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो।

विमानमा उपराष्ट्रपतिसहित १०जना सवार थिए।

विमान मजुजुमा अवतरण गर्नुपर्ने थियो। मजुजु मलावीको उत्तरी क्षेत्र हो।