७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने

वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने

लन्डन- वेल्सकी राजकुमारी क्याथरिनले शनिबार मध्य लन्डनमा आयोजना हुने ट्रूपिङ द कलर सैन्य परेडमा भाग लिने घोषणा गरेकी छन् ।

क्यान्सर भएको पत्ता लागेपछि उनको यो पहिलो सार्वजनिक जीवनमा अस्थायी पुनरागमन हुनेछ ।

गत वर्ष डिसेम्बरमा क्रिसमस डेको दिन केटले सार्वजनिक संलग्नतामा देखिएकी थिइन र मार्चमा केमोथेरापी गरिरहेको खुलासा गरेकी हुन्।

बयालीस वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुन्। केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उनको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो ।

उनले शुक्रबार साँझ एक सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका राम्रो सुधार भइरहेको र अझै केही समय लाग्ने जानकारी गराएकी छन् । “म यस सप्ताहन्तमा मेरो परिवारसँग राजाको जन्मदिन परेडमा भाग लिन उत्सुक छु र केही सार्वजनिक कार्यक्रमहरूमा सामेल हुने आशा गर्दछु, तर मेरो स्वास्थ्यमा पूर्ण सुधार भईसकेको छैन“, राजकुमारीले बताइन ।