युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्वका नेताहरू स्विट्जरल्यान्ड पुगे
- ०१ असार २०८१
- १ मिनेटको पढाई
लुसर्न–युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिवार स्विट्जरल्यान्ड पुगेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा किभले आत्मसमर्पण गर्नु पर्ने माग गरेपछि उनीहरू स्विट्जरल्यान्ड पुगेका हुन् ।
बर्गेनस्टक रिसोर्टमा हुने दुई दिने सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ५० भन्दाबढी अन्य राष्ट्र र सरकार प्रमुखको सहभागिता रहनेछ, तर रुसले भने भाग लिने छैन ।
स्विट्जरल्यान्डले मस्कोलाई संलग्न गरी शान्तिको मार्गका लागि प्रारम्भिक आधार तयार पार्ने लक्ष्य राखेको थियो । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार शिखर सम्मेलनलाई ‘सबैलाई विचलित गर्ने चाल’ भन्दै प्रतिकार गरेका छन् ।
किभले पूर्व र दक्षिणबाट आफ्नो सेना फिर्ता लिए र नाटो सदस्यताको त्यागेमा ‘तुरुन्तै’ शान्ति वार्ता शुरू गर्ने उनले बताए ।
जेलेन्स्कीले पुटिनको मागलाई नाजी जर्मनीका तानाशाह एडोल्फ हिटलरको सम्झना दिलाउने क्षेत्रीय ‘अल्टिमेटम’का रूपमा आलोचना गरेका छन् । नाटो र संयुक्त राज्य अमेरिकाले पनि रुसको यो कठोर शर्तलाई अस्वीकार गरेको हो ।