२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

स्वीकृतिबिना आफ्नो क्षेत्रमा अमेरिकाले परमाणु पनडुब्बी तैनाथ गरेको भन्दै क्युबाकाे आपत्ति

स्वीकृतिबिना आफ्नो क्षेत्रमा अमेरिकाले परमाणु पनडुब्बी तैनाथ गरेको भन्दै क्युबाकाे आपत्ति

क्युबाले आफ्नो स्वीकृति बिना अमेरिकाले गुआन्टानामो खाडीको नौसैनिक अड्डामा परमाणु पनडुब्बी तैनाथ गरेको भन्दै विरोध गरेको छ । अमेरिकाले अवैध रूपमा कब्जा गरेको गुआन्टानामो क्षेत्रमा अहिले परमाणु पनडुब्बी परिचालन गरेर क्युबाको सार्वभौमसत्तामाथि धावा बोलेको क्युबाले प्रतिक्रिया दिएको छ ।

क्युबाका विदेश मन्त्री कार्लोस फर्नाण्डेज डे कोसियो डोमिन्गुजले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार केही वर्ष पहिले स्थापित प्रक्रिया अनुसार अमेरिकी जहाजको उपस्थितिबारे जानकारी दिइएको थियो । क्युबाले निमन्त्रणा बिना आफ्नो क्षेत्रमा नौसेनाको उपस्थितिलाई अनुमोदन नगर्ने जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले भने पहिले क्युवासँग भएको सहमति अनुसार नै एउटा आणविक पनडुब्बी गुआन्टानामो खाडी नौसेना आधार नजिकैको तैनाथ गरेको बताएको छ । रुसका चार वटा नौसेना जहाज क्युवाको राजधानी हवाना बन्दरगाहमा पुगेको एक दिनपछि अमेरिकाले पनि आणविक पनडुब्बी तैनाथ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिका र रुसका लडाकु पानीजहाज क्युवाको क्षेत्रमा तैनाथ हुँदा त्यस क्षेत्रका नागरिक डराएका खबरमा उल्लेख छ ।