८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

बक्र ईदमा राँगा र खसीको मूल्य उच्च

बक्र ईदमा राँगा र खसीको मूल्य उच्च

बाँके: मुस्लिम समुदायको दोस्रो ठूलो चाड बक्र ईद (उल–अजहा) मा राँगा र खसीको माग बढेको छ ।

सो चाडमा अहिले राँगा र खसी किन्ने प्रतिस्पर्धा चलेको छ । बक्र ईद (उल–अजहा) मा खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदिलाई कुर्वानी स्वरूप बली दिने चलन छ ।

बक्र ईद  पर्वले जिल्लामा राँगा र खसीको मूल्य उच्च भएको व्यापारीहरू बताउँछन् । यही असार ३ गते गते बक्र ईद  मनाइँदैछ ।

मुस्लिम समुदायले (उल–अजहा) अर्थात् बक्र ईद मा खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँटको कुर्वानी (बली) दिने चलन रहेकोले अहिले जिल्लामा राँगा र खसी किन्ने प्रतिस्पर्धा नै चलेको हो ।

राँगाको कारोबार समेत बढेको यो पर्वमा मोलमोलाइ गर्ने चलन नभएको मुस्लिम अगुवाहरू बताउँछन् । जिल्लामा एउटा राँगाको ३० हजार देखि एक लाख र खसीको १० हजारदेखि ८० हजारसम्मको खरिद गर्ने गरेको पाइएको छ ।

बाँकेको एक मात्र राँगा बिक्री हुने रम्भा पुर बजारमा आज शनिबार कुरबानीका लागि राँगा किन्नेहरूको बाक्लो भिड लागेको थियो ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

मुस्लिम धर्मावलम्बीले असार ३ गते सोमबार देखि बुधवार सम्म तीन दिन यो पर्व मनाउने छन् ।