एड्रियन पोखरेल बने भर्जिनिया कंग्रेसनल डिस्ट्रिक्ट १०को डेमोक्रेटिक प्राइमरीको उम्मेद्वार
- ०१ असार २०८१
- १ मिनेटको पढाई
अमेरिकामा नोभेम्बर ५ मा हुने आमचुनावमा एक नेपाली अमेरिकी एड्रियन पोखरेल भर्जिनिया राज्यको कांग्रेसनल डिस्ट्रिक १० बाट डेमोक्रेटिक पार्टीको तर्फबाट युए कांग्रेसको उमेद्वार बनेका छन् ।
उनसंगै १२ जना उमेद्वार यस चुनावी मैदानमा उत्रिएका छन् । जुन १८ तारिकमा हुने प्राइमरी निर्बाचनको लागि अर्लि भोटको आज अन्तिम दिन हो । अहिले अमेरिकामा बस्ने नेपालीहरुको चासो भर्जिनिया बनेको छ ।
१२ जना उमेद्वार मध्य २ जना भर्जिनिया स्टेट सिनेटर र ३ जना हाउस अफ डेलिगेट यो निर्वाचनको मैदानमा उमेद्वार बनेका छन । जनशक्ति र डोनेसन निर्बाचनको मेरूदण्ड भएका कारण यी दुई विषय अहिले अत्यन्त आबस्यकता परेको जनाईएको छ ।
यसअघि दर्शन रौनियारले वासिङ्टन राज्यको कंग्रेसनल डिस्ट्रिक्ट १ बाट डेमोक्रेटिक पार्टीको उम्मेद्वारी जित्नका लागि चुनाव लडेका थिए।
त्यसयता कुनै पनि नेपालीले कंग्रेसमेनकै लागि भने चुनावमा उठ्ने साहस गरेको थिएन। तर अहिले एड्रियनले त्याे सहास गरेका छन्।