२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

छ किलो सुनसहित चिनियाँ पक्राउ

छ किलो सुनसहित चिनियाँ पक्राउ

उनीसँग नेपाली नागरिकता रहेको पुष्टी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

क्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

उनले भने, ‘काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।

६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसित नेपाली नागरिकता पनि रहेको पाइएको छ । असार २गते काठमाडौंको बौद्धबाट पक्राउ परेका उनी बौद्ध, तीनचुलीमा डेरा गरी बस्दै आएका थिए ।

उनको कोठामा खानतलासी गर्दा जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी गरिएको सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र पनि भेटिएको थियो।

उनी ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको खोजी सूचीमा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।