युरोकप: बेल्जीयम स्लोभाकियासँग स्तब्ध, आत्माघाती गोलमा फ्रान्स विजयी
- ०४ असार २०८१
- १ मिनेटको पढाई
काठमाडौँ- युरोपियन च्याम्पियनसिपमा उपाधि दाबेदार बेल्जियम स्लोभाकियासँग स्तब्ध बन्दा अर्को दाबेदार फ्रान्सले भने आत्माघाती गोलमा अस्ट्रियालाई १-० ले पराजित गरेको छ।
सोमबार राति भएको समूह ‘इ’ अन्तर्गतको आफ्नो पहिलो खेलमा बेल्जियमले १-० को हार भोगेको हो। स्लोभाकियाका लागि एकमात्र गोल इभान स्त्ररान्जले गरेका थिए।
खेलको सातौं मिनेटमा रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियम गोलरक्षक कोएन कासटिल्सले रोकेको बलमा पाएको रिबाउन्डलाई स्क्ररान्जले गोलमा परिणत गरे।
खेलमा निरन्तर दबाब बनाएको बेल्जियमले गोल्का एकपछि अर्का राम्रा अवसर गुमाएको थियो। बेल्जियमले खेला दुई पटक गरेको गोलले मान्यता पाएन।
दुवै पटक रोमेलु लुकाकुले गरेको गोल भिएआरले रद्द गरेको थियो। ५६औं मिनेटमा लुकाकु अफसाइड भएपछि गोल रद्द भएको थियो भने ८६औं मिनेटमा लुइस ओपेन्डाले ह्याण्डबल गरेपछि गोल रद्द भएको थियो।
त्यस्तै समूह ‘डी’ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा फ्रान्सले संघर्षपूर्ण जित आत्मासाथ गरेको छ। अस्ट्रियालाई १-० ले हराउँदा उसका लागि आत्माघाती गोल निर्णायक बन्यो।
अस्ट्रियाका म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल फ्रान्सलाई तीन अङ्क दिलाउन पर्याप्त बन्यो। खेलका फ्रान्सले दबाब बनाएपनि गोल भने गर्न सकेन। तर खेलको अन्तमा फ्रेन्च स्टार केलियन एम्बाप्पेलाई नाकमा चोट लागेपछि अस्पताल लगिएको थियो।
उनको नाकको शल्यक्रिया गर्नु पर्ने बताइएको छ। विपक्षी खेलाडीसँग ठोकिंदा ९० औं मिनेटमा उनलाई चोट लागेको थियो।