२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नेपाली थ्रिलर मुभी ‘बाटो-रोड टु डेथ’ हलहरुमा प्रदर्शन हुँदै

नेपाली थ्रिलर मुभी ‘बाटो-रोड टु डेथ’ हलहरुमा प्रदर्शन हुँदै

न्यूयाेर्क : नेपाली सिनेमाहलहरुमा थ्रिलर मुभी ‘बाटो-रोड टु डेथ’ सिनेमा प्रदर्शन भइरहेको छ। जुन १४ अर्थात जेठ ३२ गतेदेखि प्रदर्शन भइरहेको सिनेमालाई दर्शकहरुले पनि खुबै रुचाएका छन्।

सिनेमाको निर्देशन मदन थापाले गरेका छन्। त्यस्तै सिनेमामा कलाकारहरु मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय आदिको अभिनय रहेको छ।

नेपाली सिनेमा जगतमा नयाँ स्वादको सिनेमा पस्किएको सिनेमाका निर्माता तथा निर्देशकहरुले बताएका छन्। हालसम्म सिनेमा हेरेका दर्शकहरुले पनि सिनेमा उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।थ्रिलर मन पराउनेलाई यो फिल्म निकै नै उपयुक्त भएको उनीहरुको भनाइ छ।

नयाँ वेभ कल्ट सिनेमा नेपाली दर्शकहरूको ल्याएको र सिनेमाहलहरुमा गएर सिनेको अनुभव लिन र आफूलाई सुझाव दिन सिनेमा निर्माण टोलीले दर्शकहरुलाई अनुरोध गरेका छन्।