उत्तर कोरियाली सेना सीमा प्रवेश गरेपछि दक्षिण कोरियाले चलायो गोली
- ०४ असार २०८१
- १ मिनेटको पढाई
उत्तर कोरियाली सेना सीमा प्रवेश गरेपछि दक्षिण कोरियाली सेनाले गोली चलाएको छ। उत्तरी कोरियाली सेनाहरूले आफ्नो सीमा प्रवेश गर्न खोजेपछि चेतावनीको लागि गोली प्रहार गरिएको दक्षिण कोरियाले पुष्टि गरेको छ।
रुसका राष्ट्रपति २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गरिरहेका बेला दुई देशबीच विवाद भएको छ।
दक्षिण कोरियाले विज्ञप्ति जारी गर्दै भनेको छ- ‘डीएमजेड क्षेत्रमा प्रवेश गरेपछि चेतावनीस्वरुप हामीले गोली चलायौं। गोली चलाएपछि उनीहरू पछि हटेका छन्। आशा छ, उनीहरूले जानाजान सीमा उल्लंघन गरेका छैनन्।’
बीबीसीका अनुसार उत्तर कोरियाली सेनाहरूले हप्ता दिनभित्र दोस्रोपटक दक्षिण कोरियातर्फको सीमा पार गर्न खोजेका छन्। दुई देशबीचको खुला सीमानाले पनि यस्तो घटना भएको हुनसक्ने बताइएको छ।
गत ९ जुनमा पनि उत्तर कोरियाली सेनाहरू पिक्सेललगायतका औजार लिएर दक्षिण कोरियाको सीमामा प्रवेश गरेका थिए।
दक्षिण कोरियाका संयुक्त अफ स्टाफ (जेसीएस)ले उत्तर कोरियाका २०-३० जना सेनाहरू सैन्य सीमांकन रेखा पार गरेर २० मिटर तल डीएमजेड क्षेत्रमा प्रवेश गरेको बताएका छन्।
उत्तर कोरियाले गत अप्रिलदेखि त्यस क्षेत्रमा सरसफाइ गरेर किल्लाहरू निर्माण गर्न लागेको दक्षिण कोरियाले बताएको छ। त्यसकै निम्ति उत्तर कोरियाले त्यस क्षेत्रमा ठूलो सैनिक टोली पठाउँदै आएको छ।