९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

युक्रेन युद्धलगायतका रुसी नीतिहरूमा उत्तर कोरियाको समर्थनको कदर गर्दछु : राष्ट्रपति पुटिन

युक्रेन युद्धलगायतका रुसी नीतिहरूमा उत्तर कोरियाको समर्थनको कदर गर्दछु : राष्ट्रपति पुटिन

उत्तर कोरियाको भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गरेका छन्।

उनले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गरेका रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

“युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भन्नुभयो ।

प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे । “रूस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्”, उनले भने।

दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ ।