न्यूयोर्कमा ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौं संस्करण हुँदै
- ०६ असार २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क : अमेरिकास्थित न्यूयोर्कको क्विन्स सहरमा सातौं संस्करणको ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै छ। २०२४ सेप्टेम्बर १५ मा न्यूयोर्कको मेलरोज बलरुममा यो फेस्टिफल हुने भएको हो ।
कार्यक्रमका मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी रहेको छ। यसअघि सेप्टेम्बर २८ मा कार्यक्रम आयोजना हुने भनिए पनि प्राविधिक कारणले गर्दा अगाडि सारिएको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिलकुमारी केसी मेमोरियल फाउण्डेशन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले जानकारी दिए।
चलचित्रकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने हेतुले यो अवार्डको सुरुवात ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु गरिएको थियो।
यसअघिका अवार्ड कार्यक्रम पनि न्यूयोर्क शहरमा भएको थियो।
यो संस्करणको मुख्य प्रयोजन एटिए एभरेष्ट इन्स्योरेन्सको र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजन रहेको छ। यो संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहेको छ।
अवार्डले अमेरिकामा नेपाली चलचित्रको प्रवर्द्धन, नेपाली कलाकार तथा नेपाली जनसमुदायबीच साक्षात्कार गराउन मद्धत गर्ने विश्वास थापाले व्यक्त गरेक छन्।
साथै नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्ने आश रहेको केसीले बताए।
अवार्डले अमेरिका, नेपाललगायत अन्यत्र रहेका नेपाली कलाकारहरूको पुनर्मिलन गराउने काम गर्ने पनि अवार्डको उद्देश्य रहेको त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खमलाल भट्टले उल्लेख गरे। उनले थप्दै भने, ‘नेपाललाई विश्व माझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्ने कार्य पनि अवार्ड कार्यक्रमद्वारा हुने आश रहेको छ।’