२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

टर्किको जङ्गलमा आगलागीमा परी पाँच जनाको मृत्यु

टर्किको जङ्गलमा आगलागीमा परी पाँच जनाको मृत्यु

दक्षिणपूर्वी टर्किको जङ्गलमा लागेको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ । साथै ४४ जना घाइते भएको टर्कीका गृहमन्त्री अलि येर्लिकायाले बताएका छन् ।

दियारबाकिर प्रान्तको सिनार जिल्ला र मार्डिन प्रान्तको माजिदागी जिल्ला बीचको खेतीयोग्य क्षेत्रमा बिहीबार राति परालमा आगो लागेको थियो । त्यसबाट आगो सल्किँदै जंगलसम्म पुगेको बताइएको छ ।

हावाहुरीका कारण लागेको आगो छिट्टै फराकिलो क्षेत्रमा फैलिएको भएपनि दमकलको हस्तक्षेपपछि अहिले नियन्त्रणमा लिइएको बताए । यो साता अत्यधिक गर्मी र सुख्खा मौसमको पूर्वानुमान गरिएकोले जंगलमा आगलागीको उच्च जोखिम रहेको भन्दै स्थानीय अधिकारीहरूले चेतावनी दिएका छन् ।