८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

विश्वकप क्रिकेट: अमेरिकामाथि वेस्ट इन्डिजको ९ विकेटको जित

विश्वकप क्रिकेट: अमेरिकामाथि वेस्ट इन्डिजको ९ विकेटको जित

आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा वेस्ट इन्डिजले अमेरिकालाई पराजित गरेको छ ।

ब्रिजटाउनमा शनिबार बिहान भएको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

वेस्ट इन्जिजका ओपनर साई डिएगो होप ८२ रनमा अविजित रहे । ३९ बलको सामना गरेका होपले ८ छक्का र ४ चौका प्रहार गरे । यस्तै, निकोलस पुरन २७ रनमा अविजित रहँदा ओपनर जोनसन चार्ल्स १५ रनमा पभेलियन फर्किएका थिए । १२ बलको सामना गरेका पुरनले ३ छक्का र १ चौका प्रहार गरे ।

अमेरिकाका लागि हरमित सिंहले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९.५ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका एन्ड्रिस गुसले सर्वाधिक २९ रनको योगदान दिए । यस्तै, नितिश कुमारले २०, मिलिन्द कुमारले १९, श्याडली भान श्यालवाएकले १८, कप्तान आरोन जोन्सले ११ र कोरे एन्डरसनले ७ रन जोड्दा अलि खान १४ मा अविजित रहे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान ३-३ विकेट लिँदा अल्जारी जोसेफले २ तथा गुडाकेश मोतीले १ विकेट लिए । सुपर-८ मा वेस्ट इन्डिजको यो पहिलो जित हो भने अमेरिकाको लगातार दोस्रो हार ।

सुपर-८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो । लगातार दोस्रो हारसँगै अमेरिकाको अघिल्लो चरण प्रवेशको सम्मावना सकिएको छ ।