शिकागोमा ७ वर्षीय बालकलाई गोली हानी हत्या, १६ बर्षिय किशोर पक्राउ, साथबाट चोरीको हतियार बरामद
- ०८ असार २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क- अमेरिकाको इलोनोइ राज्यको शिकागोमा ७ वर्षीय बालकलाई गोली हानी हत्या गरेको आरोपमा एक १६ बर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
छातीमा गोली लागे लगत्तै बालक जयमनी अमिर रिभेराको मृत्यु भएको थियो ।
बालक रिवेरा घर बाहिर निस्के लगत्तै उनलाई गोली हानिएको थियो ।वेहोस अवस्थाका ढलेका बालकलाई प्रहरीले अस्पताल पुर्याइको थियोतर अस्पतालले उनलाई मृत घोषित गरिको थियो ।
आरोपीतलाई व्यक्तिगत रूपमा बन्दुक प्रयोग गरेकोमा प्रथम श्रेणीको हत्या लगायत चार ओटाआरोपहरु लागाईएको शिकागोका प्रहरीअधिकारीले बताए।
आरोपी नाबालिग भएकाले प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
उनलाई गोली हानेको ४८ घण्टा नबित्दै प्रहरीले हिरासतमा लिएको थियो। अनुसन्धानको क्रममा १३ वटा राइफलको गोलीको खोल बरामद समेत भएको जनाईएको छ ।
शिकागो प्रहरी ,अमेरिकी मार्शलका सदस्यहरूले आरोपीतलाई किशोरलाई शिकागोमा रहेको उनको निवासमा बाट नै पक्राउ गरेको थियो। उनको साथबाट चोरीको हतियार बरामद भएको प्रहरीले जनाएको छ ।