‘मिस नेपाल नर्थ अमेरिका’ को शीर्ष २० जना छानिए, अगस्ट ३ मा फाइनल हुने
- ०८ असार २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क : ‘मिस नेपाल नर्थ अमेरिका’ का २० फाइनलिस्टको घोषणा गरिएको छ। ‘मिस नेपाल नर्थ अमेरिका’ २०२४ का शीर्ष २० फाइनलिस्टहरूको घोषणा गरिएको आयोजकहरुले बताएका छन्।
शीर्ष २० जना फाइनलिस्टहरू सुन्दर, बुद्धिमान र अत्यन्त प्रतिभाशाली भएका र उनीहरुलाई छनोट गर्न पाउँदा आफूहरु हर्षित भएको उनीहरुले बताए।
उनीहरुले छनोट भएका सबै जनालाई शुभकामना दिएका छन्।
छनोट भएकामा उत्तरी क्यारोलिनाकी अन्ना कोइराला, मिनेसोटाकफ आयुषा तुलाधर, टेक्सासका आदिश्री रेग्मी, सरिता ठगुन्ना, सुजना सुनुवार, क्यानडाका अनु सुवेदी, स्विकृति खड्का, न्यूयोर्ककी अस्मिता गिरी, मिशिगनकी स्मिता तुलाधर, ओहायोकी दृष्टि धिताल, मेरिल्याण्डकी न्यान्सी क्षेत्री, न्यू जर्सीकी ओनिका बानिया, न्यूयोर्ककी प्रजा राणा, बोस्टनकी रीजा पुरी, मेरिल्याण्डका रुबिना गिरी, रुबी पौडेल, कोलोराडोका सविता चौलागाई, सरजु थापा , जर्जियाकी सोफी पोखरेल र क्यालिफोर्नियाकी उषा शाह रहेका छन्।
प्रतिस्पर्धाको फाइनल अगस्ट ३ मा हुने आयोजक समूहले उल्लेख गरेका छन्।
त्यस्तै हरेक वर्ष ग्रान्ड फिनालेअघि अनलाइन भोटङ गरेर आफ्ना मनपर्ने प्रतियोगी छनोट गर्न पनि सकिने बताइएको छ। प्रतिस्पर्धाको अनलाइन भोटिङ प्रणाली यस वर्षको लागि पनि खुला गरिएको छ। ग्रान्ड फिनालेमा शीर्ष १० प्रतियोगीहरू मध्ये एकजनाले जीत हासिल गर्ने छन्।
आयोजक समूहले कार्यक्रम हेर्न उपस्थित भइ रमाइलो गर्न र सहयोग गरिदिनुहुन सबैलाई अनुरोध गरेका छन्।
www.missnepalnorthamerica.com