रुसमा आक्रमणमा परी १५ प्रहरीको मृत्यु
- १० असार २०८१
- १ मिनेटको पढाई
रुसको उत्तरी काकेशसस्थित दागेस्तानमा आइतबार सशस्त्र आक्रमणकारीले गरेको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ।
दागेस्तानमा एक पर्व मनाइँदै गर्दा यो हमला भएको हो। आक्रमणकारीले दुईवटा चर्च, यहुदीहरूको पूजास्थल, एउटा सभाघर र प्रहरी चौकीमा आक्रमण गरेका थिए।
यस हमलामा १५ प्रहरी, एक चर्चका पादरी र एक सुरक्षा गार्ड मारिएका छन्। आक्रमणकारीमध्ये छ जना मारिएको पनि समाचार छ।
रुसी प्रहरीले यो आक्रमणको अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको खोजी भइरहेको छ।
सशस्त्र आक्रमणकारीहरूले शताब्दीयौं पुरानो पर्व मनाइने शहर डर्बेन्ट र मखाचकलालाई निशाना बनाएका थिए।
आक्रमणकारीको अझै पहिचान हुन सकेको छैन।
सामाजिक सञ्जालमा शेयर भइरहेका तस्विरमा कालो कपडा लगाएका आक्रमणकारीले प्रहरीको गाडी र आपतकालीन सेवा टोलीको काफिले आक्रमण गरिरहेको देख्न सकिन्छ।
यहूदीहरूको पुरानो सहर डर्बेन्टमा आक्रमणकारीहरूले पहिले एउटा सभाघरमा गोली हाने र त्यसपछि आगो लगाए।
दागेस्तान रूसको सबैभन्दा पिछडिएको क्षेत्र हो, जुन मुस्लिम बहुल प्रान्त पनि हो।