७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर

रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर

तपस्वी अथवा लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका छन्। उनलाई सोमबार जिल्ला अदालत सर्लाहीले दोषी ठहर गरेको हो।

बम्जनलाई याधीश जीवनकुमार भण्डारीको एकल इजलासले कसुरदार ठहर गरेको हो।

यौन सन्तुष्टि प्राप्त तथा बाल यौन दुराचार अभियोगमा पुर्पक्षका लागि बम्जन महोत्तरी कारागारमा रहेका थिए।

उनको सजाय भने १७ गते तोकिने बताइएको छ। उनीसँगै अभियोग लागेका अन्य दुई जनाले भने सफाइ पाएका छन्।

बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो। अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबी सहित अभियोग पत्र दायर गरेको थियो।