३ असार २०८२, मङ्लबार
17 June 2025, Tuesday

असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

क्यानबेरा- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएकोमा खुसी व्यक्त गरेका छन् ।

अमेरिकाको सपुर्दगी विरुद्ध लन्डनको उच्च सुरक्षा भएको बेलमार्श जेलमा पाँच वर्षभन्दा बढी समय बिताएपछि असान्ज आफ्नो गृह देश अष्ट्रेलिया फर्कने उडानमा छन् ।

अष्ट्रेलियाका ५२ वर्षीय नागरिक असान्जले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सुचना प्राप्त र प्रसार गरेको अभियोग लगाइएको हो । “म अत्यन्त खुसी छु । यो परिणाम अत्यधिक अष्ट्रेलियालीहरूले हेर्न चाहेको म विश्वास गर्दछु ।

असान्जको सङ्लग्नता र गतिविधिको बारेमा सबैको फरक–फरक विचार छन् तर उनीहरू यस लामो कानुनी गाथाको अन्त्य भएकोमा र आफ्नो परिवारसँग पुनर्मिलन गर्न सक्षम भएकोमा खुसी हुनेछन्,” प्रधानमन्त्री अल्बानिजले संसदमा भने।

अपिल सम्झौता अनुरुप बुधबार प्रशान्त महासागरमा अवस्थित उत्तरी मारियाना आइल्याण्डको अदालतले असान्जलाई षडयन्त्रसम्बन्धी एउटा मात्र मुद्धामा दोषी ठहर गरेको र तत्काल रिहा गर्ने आदेश दिएको छ ।

उनलाई अदालत पहिले नै जेलमा बिताइसकेको अवधिको सजाय सुनाएको हो ।

अदालतको फेसलापछि उहाँ स्वतन्त्र रुपमा आफ्नो देश फर्कने हुनुभएको छ । असान्जको मुद्दाको समाधान धैर्य र दृढ कामको परिणाम हो र यस कामप्रति म गर्व गर्छु“ अल्बानिजले भने ।