बिराला बने भारतीय सभामुख
- १२ असार २०८१
- १ मिनेटको पढाई
भारतको लोकसभाको सभामुख ओम बिराला बनेका छन् । भाजापाबाट निर्वाचित उनी दोस्रोपटक सभामुख भएका हुन् । बुधबार भारतीय लोकसभाले उनलाई सभामुख चयन गरेको भारतीय सञ्चार मन्त्रालयले जनाएको छ ।
बिराला २०१९ मा पनि सभामुख बनेका थिए । उनी भारतको राजस्थानको कोटाबाट निर्वाचित सांसद हुन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभामुखमा प्रस्ताव गरेका थिए । सभामुख निर्वाचित भएपछि प्रधानमन्त्री मोदी र प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीले बिरालालाई बधाई दिएका छन् ।
कांग्रेसले सभामुखमा कोडिकुन्निल सुरेशलाई उठाएको थियो । तर, लोकसभामा भाजपा अगुवाइमा रहेको एनडीए गठबन्धनको स्पष्ट बहुमत भएकाले बिराला निर्वाचित भएका हुन् ।