४ असार २०८२, बुधबार
18 June 2025, Wednesday

ब्राजिलले घरमै सीमित मात्रामा गाँजा राख्न दिने

ब्राजिलले घरमै सीमित मात्रामा गाँजा राख्न दिने

ब्राजिलले लामो समयदेखि लागु औषध नियन्त्रणका लागि कडा कानुनको समर्थन गर्दै आएको थियो । तर अहिले ब्राजिल गाँजाको प्रयोगबारे लचिलो बनेको छ ।

ब्राजिलले घरमै सीमित मात्रामा गाँजा राख्न दिने र व्यक्तिगत प्रयोजनमा प्रयोगलाई ‘अपराधमुक्त’ घोषित गरेको छ । गाँजा सेवनलाई कानुनी मान्यता दिने ब्राजिल अहिलेसम्मकै सबैभन्दा ठुलो देश बनेको छ । लामो समयदेखिको छलफलपछि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिने निर्णय गरिएको हो । ब्राजिलले बुधबार व्यक्तिगत प्रयोजनमा गाँजाको प्रयोगलाई कानुन बनाएको छ ।ब्राजिलको सर्वोच्च अदालतले ब्राजिलियनहरूले ४० ग्रामसम्म गाँजा राख्न सक्ने निर्णय गरेको छ । यति गाँजा ८० ज्वान्टका लागि पर्याप्त हुन्छ । घरमा तोकिएको मात्रामा गाँजा राख्दा कुनै जरिवाना वा सजाय हुनेछैन ।

यो निर्णय केही दिनमा लागू हुनेछ । यसलाई अर्को १८ महिनासम्म लागू गरिनेछ । तर सार्वजनिक स्थलमा गाँजाको प्रयोग भने प्रतिबन्धित नै छ । यसो गरेको पाइएमा प्रहरीले समात्नेछ । विश्वभर २० भन्दा बढी देशहरूले गाँजाको प्रयोगलाई कानुनी मान्यता दिएका छन् । त्यस्ता अधिकांश क्षेत्ररदेशहरू युरोप र अमेरिकामा छन् । क्यानडा, स्पेन, जर्मनी जस्ता देशहरूले शर्तसहित गाँजाको प्रयोगलाई वैधानिक बनाएका छन् ।एजेन्सी