२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

लद्दाखमा बाढी, पाँच भारतीय सैनिकको मृत्यु

लद्दाखमा बाढी, पाँच भारतीय सैनिकको मृत्यु

लद्दाखमा एक नदीमा आएको बाढीमा ५ भारतीय सैनिकको मृत्यु भएको छ। सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो।

रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हाम्रा बहादुर सिपाहीहरूले देशका लागि गरेको अनुकरणीय सेवालाई हामी कहिल्यै बिर्सने छैनौं। यस दुखद घडीमा ती सैनिकहरुका परिवारसँग उभिने छौं। यो घडीमा सिंगो देश उहाँहरुको साथमा छ।’

शुक्रबार यी सैनिकहरू अभ्यास गर्ने क्रममा नदी तर्दा दुर्घटना भएको हो। सोही समय नदीको पानीको सतह एक्कासी बढेको थियो।

दुर्घटना हुँदा ट्याङ्कीमा पाँच जना सैनिक थिए। जसमा एक जेसीओ र चार सैनिक रहेका छन्। मृतक सैनिकको शव फेला परेको छ।