२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

महिला आत्मघाती विष्फोटका कारण नाइजेरियामा १८ जनाको मृत्यु

महिला आत्मघाती विष्फोटका कारण नाइजेरियामा १८ जनाको मृत्यु

महिला आत्मघाती विष्फोट हुँदा उत्तरी नाइजेरियामा कम्तिमा १८ जनाको मृत्यु भएको छ । आक्रमणकारीले विष्फोटमा आत्मघाती महिलाको प्रयोग गरेका थिए । उनीहरुले सुरुमा एक विवाह समारोह विष्फोट गराएका थिए त्यस्पछि अन्त्येष्टि र अस्पताललाई लक्षित गरी आतमघाती हमला गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बोको हरामद्वारा सन् २००९ मा सुरु भएको विद्रोहबाट प्रभावित भएको बोर्नो राज्यमा भएको आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन ।

चरमपन्थी समूहले आत्मघाती बम विष्फोटमा महिला र केटीहरूको प्रयोग गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । उनीहरुले अपहरण गरेर लगेका स्कूलका बच्चालाई समेत आत्मघाती हमलामा सहभागी गराउन थालेका छन् ।

क्यामरुनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा धेरै समयदेखि हिंसा हुँदै आएको छ ।

विद्रोही समूह बोको हरामसँगको द्वन्द्वका कारण ४० हजार जना मानिस मारिएका छन् भने २० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।