७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

इजरायली सेनाले आफ्ना ३८ हजार नागरिकको हत्या गरेको प्यालेस्टाइनको दाबी

इजरायली सेनाले आफ्ना ३८ हजार नागरिकको हत्या गरेको प्यालेस्टाइनको दाबी

इजराइली सेना (आइओएफ) ले गाजा पट्टीमा झन्डै ३८ हजार प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबरदेखि चलिरहेको युद्धमा अहिलेसम्म आफ्ना ३७ हजार नौ सय २५ जनाको हत्या गरेको प्यालेस्टिनले दाबी गरेको हो ।

यो अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका कतार न्युज एजेन्सीले उल्लेख गरेको छ । आइओएफले गाजा पट्टीमा गएको २४ घण्टामा २५ जना प्यालेस्टिनीको हत्या गरेको छ ।

यो आक्रमणमा ८१ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीले चेतावनी दिए पनि इजराइली संस्थाले त्यहाँ आक्रमणलाई निरन्तरता दिएको छ ।