२ असार २०८२, सोमवार
16 June 2025, Monday

भारतीय प्रधानमन्त्री मोदी अर्को साता रुसको भ्रमणमा जाँदै, यस्ता छन् रुसी एजेण्डा

भारतीय प्रधानमन्त्री मोदी अर्को साता रुसको भ्रमणमा जाँदै, यस्ता छन् रुसी एजेण्डा

नयाँ दिल्ली भारत-  प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को साता रुसको भ्रमण गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदीले जुलाई ८ मा रुसको भ्रमण गर्ने बताएका छन् । यद्यपी दुवै मुलुकले भ्रमणको आधिकारिक मिति भने सार्वजनिक गरेका छैनन् ।

रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको पुष्टि गर्दै मिति छिट्टै घोषणा गरिने उल्लेख गरेका छन् । उनले मोदीको रुस भ्रमणको तयारी भने लगभग सकिएको बताए ।

क्रेमलिनले क्षेत्रीय र विश्वव्यापी सुरक्षा, व्यापार जस्ता एजेन्डामा वार्ता गर्ने तयारी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री मोदीको मस्कोमा भेट हुँदा दुवैबीच औपचारिक वार्ता हुने बताइएको छ ।

रुस र भारतको दुईपक्षीय हित अनुकुल हुने गरि संयुक्त आयोजनाका विषयमा छलफल हुने पेस्कोभले बताए । रुसले क्षेत्रीय मामिला, क्षेत्रीय सुरक्षा र विश्वव्यापी सुरक्षालाई मुख्य एजेन्डाको बनाएको छ ।