बेरिल आँधीका कारण टापु नै ‘होमलेस’
- १९ असार २०८१
- १ मिनेटको पढाई
युनियन आइल्याण्ड बेरिल नामको आँधीका कारण सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनेडिन्सको एक भागको रुपमा रहेको युनियन आइल्याण्ड( टापु)मा ठूलो क्षति पुर्याएको छ । सो आइल्याण्डमा भएका सबैजसो घर क्षतिग्रस्त भएका छन् ।
सम्पूर्ण आइल्याण्ड नै अहिले होमलेस भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
उनीहरुका अनुसार घर भत्किएका छन भने सडक अवरुद्ध भएका छन् । विद्युतका पोलहरुपनि सडकमा खसेका छन् । फिसरम्यान तथा फिसिङ गाइड सेबास्टिन साइल्लीले सबैथोक हराएको र आफू बस्ने ठाउँ नै नभएको बताएकी छन् ।
सोही आँधीका कारण भेनेजुएलामा कम्तिमा ७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
जमैकाका प्रधानमन्त्री एन्ड्रिउ होलनेसले यो आँधी क्याटागोरी ५ अन्तर्गत भएको जनाएका छन् । विकसित देश अमेरिका र चीनका कारण मौसम सम्बन्धी संकट भोग्नुपरेको उनले आरोप पनि लगाएका छन् । (बीबीसी र सीएनएन)