२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

बालुवाटार पुगेर एमाले मन्त्रीहरूले दिए राजीनामा

बालुवाटार पुगेर एमाले मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं : नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिएका हुन्। राजीनामा दिनुअघि उनीहरू बालकोट पुगेका थिए। अध्यक्ष ओलीले उनीहरूलाई वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए।

बुधबार बसेको एमालेको सचिवालय बैठकले २४ घन्टाभित्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।