२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

विदेशी मुद्रासहित एक दम्पती पक्राउ

विदेशी मुद्रासहित एक दम्पती पक्राउ

काठमाडौं- अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन्।

इन्डिगो एयरको उडानबाट काठमाडौँबाट दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र निजकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ गरिएको हो।

अभियुक्तहरूको साथबाट १९ हजार ५९ अमेरिकी डलर, आठ हजार नौ सय ६६ चिनियाँ युआन र ६० हजार दुई सय बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। उनीहरूलाई राजस्व अनुसन्धान विभाग चलान गरिएको छ।

यसैबीच कीर्तिपुर नगरपालिका–६ जाल्पादेवी मन्दिर क्षेत्रबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने ३४ ग्राम ४० मिलिग्राम पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।