२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय लिएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन, हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले विश्वासको मतको सामना संसदमा गर्छु भन्नु भएको छ’ मन्त्री शर्माले भनिन् ‘कुन दिन गर्ने भन्ने निर्णय भएको छैन  सकेसम्म छिटो विश्वासको मत सामना गर्छौँ राजीनामा दिने भन्ने छैन ।’