२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका यी ९ स्थानमा ‘भारी वर्षा’ (सूची)

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका यी ९ स्थानमा ‘भारी वर्षा’ (सूची)

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ९ स्थानमा ‘भारी वर्षा’ भएको छ।

मौसम पूर्वानुमान महाशाखाको आज (आइतबार) बिहान ८:५० बजेसम्मको अपडेटअनुसार उपत्यकाअन्तर्गत काठमाडौँ जिल्लाका ६ र ललितपुर जिल्लाका ३ ठाउँमा भारी वर्षा भएको हो।

गत २४ घण्टामा उपत्यकाभित्र सबैभन्दा बढी काठमाडौँको धापड्याममा ९५.२ मिलिमिटर वर्षा मापन भएको छ।

यसैगरी उक्त अवधिमा ललितपुरको लेलेमा ६८ मिलिमिटर, काठमाडौँको कीर्तिपुरमा ६३.२, काठमाडौँकै कपनमा ६०.२, काठमाडौँकै सुन्दरीजलमा ५६.६, ललितपुरको खुमलटारमा ५६.४, ललितपुरकै गोदावरीमा ५६.२, काठमाडौँका नैकापमा ५५.४ र बबरमहलमा ५१.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

उल्लिखित विवरण मौसम महाशाखाका वर्षा मापन केन्द्र भएका स्थानका हुन्। पानीको मात्राले ५० मिलिमिटर नाघेपछि मौसमविद्को भाषामा भारी वर्षा भनिन्छ।

मौसमविद्का अनुसार यसबीच काठमाडौँ उपत्यकाभरि नै वर्षा भएको छ भने हुने क्रम जारी छ।

लगातार वर्षाकै कारण काठमाडौँ उपत्यकाका विभिन्न बस्ती डुबानमा परेका छन्।