नारायणी नदीमा फसेका दुई जनालाई पाँच घण्टापछि गोताखोरले उद्धार गर्यो
- २३ असार २०८१
- १ मिनेटको पढाई
काठमाण्डौ – पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा तीन जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए ।
अरू दुई जना गैंडाकोट नगरपालिका–५ का ५० बर्षका ओमबहादुर गुरुङ र ४२ बर्षका खुमबहादुर गुरुङलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले गएराति सवा १० बजे सकुशल उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।