२ असार २०८२, सोमवार
16 June 2025, Monday

बागमती नदीमामा फसेका तीन जनाको उद्धार

बागमती नदीमामा फसेका तीन जनाको उद्धार

काठमाण्डौ – सशस्त्र प्रहरी बल नेपालले बागमती नदीमा फसेका तीनजनाको उद्धार गरेको छ । कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको गोताखोरले सकुशल उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा पाँचजना गोताखोरसहित १५ जना र निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले हिजो बेलुका उनीहरूको उद्धार गरेको थापाले बताए।